त्रिविको जग्गामा गैरशैक्षिक र निजी क्षेत्रको हालीमुहाली

काठमाडौँ, ३ असार । त्रिभुवन विश्वविद्यालय (त्रिविका) का पदाधिकारीको लापरबाहीका कारण विश्वविद्यालयको जग्गामा गैरशैक्षिक क्षेत्रको रजाइँ छ।

सिंगापुरको नान्याङ टेक्नोलोजी युनिभर्सिटी दुई सय हेक्टर (एक हेक्टरबराबर १९.६५ रोपनी हुन्छ) मा फैलिएको छ। त्यहाँ विश्वविद्यालयको एक विभागबाट अर्को विभागसम्म पुग्न सेट बस नै सञ्चालन गरिएको छ। ५० लाख जनसंख्या भएको एसियाको तेस्रो सानो देश सिंगापुरको उक्त विश्वविद्यालय दुई सय हेक्टरमा फैलिएर शैक्षिक गतिविधि सञ्चालन गरिरहेको छ।

नेपालमा मुलुककै जेठो त्रिविको स्वामित्वमा ३ हजार ७ सय रोपनी जग्गा छ। तर, त्रिविले आफ्नो स्वामित्वमा भएको सबै जग्गा जगेर्ना गर्न सकेको छैन।

पदाधिकारीको उदासीनताका कारण त्रिविको रोपनीका रोपनी जग्गा गैरशैक्षिक सरकारी र निजी संस्थाले प्रयोग गर्दै आएका छन्। यसले विश्वविद्यालयको शैक्षिक गतिविधिमा नै असर पुगेको ठहरसहित विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा उत्रेका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि समेत प्रसूति बिदामा प्रोत्साहन गरिएको बताएकी

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,