बिल गेट्सले भेटे सी जिनपिङ

एजेन्सी, २ असार । माइक्रोसफ्ट कम्पनीका सह–संस्थापक बिल गेट्सले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङलाई चीनमा भेटेका छन् । 

बिल गेट्सलाई ‘पुरानो साथी’ भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका र चीन दुवैलाई फाइदा हुने गरी सहयोग गर्न सक्ने बताएका छन् । भेटवार्ता चीनको राजधानी बेइजिङको आधिकारिक दियाओयु ताई गेस्ट हाउसमा भएको थियो। राष्ट्रपति सी जिनपिङले तीन वर्षपछि बिल गेट्सलाई भेट्न पाउँदा आफू निकै खुसी भएको बताएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार चिनियाँ सरकारी सञ्चारमाध्यमले उक्त भेटको भिडियो सार्वजनिक गरेको छ, जसमा राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्धको जग दुवै देशका जनतासँग रहेको बताएका छन् । उनले भने, “वर्तमान विश्व परिस्थितिमा हामी दुवै देशका जनतालाई फाइदा हुने र सम्पूर्ण मानवताको हितमा हुने काम गर्न सक्छौँ।”

बुधबार बेइजिङ पुगेका बिल गेट्सले चिनियाँ राष्ट्रपतिसँगको भेटको यो अवसर पाउँदा आफूलाई सम्मानित भएको बताए । ‘हामीले सधैं राम्रो कुराकानी गर्यौं र आज हामीसँग छलफल गर्न धेरै महत्त्वपूर्ण विषयहरू हुनेछन्,’ उनले भने।समाचार एजेन्सी रोयटर्सका अनुसार बिल गेट्सले आफ्नो व्यक्तिगत ब्लगमा आफू र सीले स्वास्थ्य सेवा, जलवायु परिवर्तन र विकासबीचका चुनौतीहरूबारे छलफल गरेको बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ६ असार । रत्ननगर नगरपालिका–१४ पिठुवामा कोरियन लगानीको कम्पनी एसवाई प्यानलद्वारा करिब ६० करोड रुपैयाँको लागतमा दुई नयाँ उद्योगको

काठमाडौँ, ६ असार । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुईजनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा

काठमाडौँ, ६ असार । बितेका २४ घण्टामा दुई हजार ४५८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, ६ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ