यस्तो अवस्था आउनुमा विदेशी फिल्मका वकालतकर्ता जिम्मेवार : अध्यक्ष केसी

काठमाडौँ, १ असार । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर चर्किएको विवादबारे विदेशी फिल्मका वकालतकर्ता जिम्मेवारी रहेको बताएका छन् ।

‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्य समावेश भएपछि फिल्म ‘आदिपुरुष’लाई लिएर नेपालमा टिकाटिप्पणी भैरहेको छ । यसबारे औपचारिक प्रतिक्रिया गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष केसीले भने, ‘बोर्डले गरेको निर्णय आत्मसात भए आज यो दिन आउने थिएन ।’

पछिल्लो परिस्थितीप्रतिको जिम्मेवारी विदेशी फिल्मको वकालत गर्नुपर्नेले लिनुपर्ने केसीको टिप्पणी छ । उनी लेख्छन्, ‘यस्तो अवस्था आउनुमा सम्बन्धित वकालतकर्ताकै प्रमुख हात छ । यस प्रकारको घटनाले भोली हल संचालकहरुमा कुनै समस्या आइपर्दा त्यसको जिम्मेवार को रहला ? रिलिजको मुखमा आएर रोकिनुपर्‍यो भने आखिरमा कसलाई घाटा भयो ? तसर्थ, बोर्डले गरेको निर्णय आत्मसाथ गरेको भए आज यो दिन आउने नै थिएन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर