‘आदिपुरुष’ अहिलेकै अवस्थामा प्रदर्शन गर्दैनौँ : क्यूएफएक्स

काठमाडौँ, १ असार । नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाले हिन्दी कथानक चलचित्र ‘आदिपुरुष’ अहिलेकै अवस्थामा प्रदर्शन नगर्ने भएको छ । बुकिङ खुला गरिसकेको सिनेमा सुरक्षाको कारण देखाउँदै क्यूएफएक्सले रिलिज नगर्ने घोषणा गरेको हो ।  

क्यूएफएक्सले सूचना जारी गर्दै भनेको छ, “हाम्रा दर्शकको सुरक्षालाई ध्यानमा राख्दै हामी अर्को सूचना नआएसम्म क्यूएफएक्स सिनेमाघरहरूमा चलचित्र आदिपुरुष रिलिज गर्न असमर्थ छौं,” “यस विषयमा सरकारी निकायबाट स्पष्टीकरणको पर्खाइमा छौं । मुद्दाको समाधान हुनेबित्तिकै सूचना जारी गर्नेछौं ।”

टिकट किनिसकेका दर्शकलाई पैसा फिर्ता गर्ने पनि क्यूएफएक्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर