‘आदिपुरुष’को त्रुटि नसच्चिएसम्म महानगरभित्र हिन्दी फिल्म चल्न दिँदैनौँ : मेयर शाह

काठमाडौँ, ३२ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले फिल्म’आदिपुरुष’को त्रुटि नसच्चिएसम्म महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदीने बताएका छन् । 

भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ शब्दावली नसच्याएसम्म महानगरले महानगरभित्र पर्ने हलमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने भएको हो । मेयर शाहले तीन दिनभित्र फिल्ममा भएको शब्दावली सच्याउन भनेको छ । नेपालमा मात्र नभएर भारतमासमेत सच्चिनुपर्ने उनको तर्क छ ।

आज साँझ सामाजिक सञ्जालमार्फत बालेनले भनेका छन्, “दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन तीन दिनको समय दिइएको छ । माता सीताको जय होस् ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर