फिलिपिन्समा भूकम्प

एजेन्सी, ३२ जेठ । फिलिपिन्समा बिहीबार ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पका कारण राजधानी मनिलामा केही रेल सेवा अवरुद्ध भएको रोयटर्सले जनाएको छ । भूकम्पको केन्द्रविन्दु १० किलोमिटर (६.२१ माइल) गहिराइमा समुद्रमा थियो । नजिकैका प्रान्तहरूमा धक्का महसुस गरिएको भूकम्पपछि कुनै हताहत वा ठूलो क्षति नभएको फिलिपिन्सको भूकम्प मापन गर्ने एजेन्सीले जनाएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिम हाल मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपका लागि फिलिपिन्समा छ । नेपालले आज अपराह्न ४ः४५ बजे रियाज मेमेरोरियल रंगशालामा फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । नेपाली राष्ट्रिय टिम सुरक्षित रहेको र हालसम्म खेल स्थगित वा रद्द हुने कुरा नआएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले बताए । भूकम्पबाट नेपाली टिम सुरक्षित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ