संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक : सभामुख घिमिरे

काठमाडौँ, ३२ जेठ । सभामुख देवराज घिमिरेले संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक रहेको बताएका छन्  ।

आज कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करणको उद्घाटन गर्दै उनले अहिले संसद चालु रहेकाले सरकारले छिटो ढंगबाट संघीय शिक्षा ऐन ल्याउने आशा गरेको बताए ।

उनले नेपाललाई शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयात्मक भुमिका निर्वाह हुनुपर्ने बताए । देशमै विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्नका लागि यस किसिमका मेलाहरु महत्वपूर्ण हुने बताए ।

बिहीबार देखि भृकुटीमण्डप प्रदर्शनी हलमा मेला शुरु भएको हो । एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको हो । आगामी आईतबारसम्म सञ्चालन हुने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू रहनेछन् । मेलामा निःशुल्क प्रवेश गरेर नेपालको शिक्षा प्रणाली र शिक्षण संस्थाबारे जानकारी प्राप्त गर्न सकिने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि समेत प्रसूति बिदामा प्रोत्साहन गरिएको बताएकी

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,