नाइजेरियामा हैजाको महामारी, चार महिनामा ४८ जनाको मृत्यु

एजेन्सी, ३२ जेठ । नाइजेरियामा हैजाको महामारी फैलिएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) का अनुसार यस वर्षको चार महिनामा ४८ जनाको मृत्यु भएको छ । हैजाका एक हजार ६ सय २९ शङ्कास्पद बिरामी फेला परेका छन् ।

राजधानी अबुजामा भएको राष्ट्रिय हैजा योजना समीक्षा सम्मेलनमा एनसीडीसीका महानिर्देशक इफेदायो अडेटिफाले १३ वटा राज्य निक्कै प्रभावित भएको जानकारी दिए । स्वास्थ्यका निकायले हैजा प्रकोपको रोकथाम, नियन्त्रण र व्यवस्थापनलाई सुदृढ गर्न विभिन्न उपायहरू पनि अपनाएको अडेटिफालाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै