नाइजेरियामा डुंगा पल्टिदा सय जनाको मृत्यु

एजेन्सी, ३१ जेठ । उत्तरी नाइजेरियामा यात्रुबाहक डुंगा पल्टिदा कम्तिमा सय जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार नाइजेरियाको उत्तरी क्षेत्रस्थित क्वारा राज्यस्थित नाइजर नदीमा विवाह समारोहमा सहभागी भई फर्किएकाहरु बोकेको डुंगा पल्टिएको हो ।

घटनामा कैयौं वेपत्ता भएको स्थानीय प्रहरीले जनाएको छ । घटना सोमबार अबेर भएको र निकै ढिला मंगलबार मात्रै थाहा भएको नाइजेरियाका अधिकारीहरुको भनाइ छ । डुंगा दुर्घटनाको खबर पाएलगत्तै मृतकहरुको शव खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो । अहिलेसम्म दुई वटा गाउँका एक सय ४ जना डुंगामा सवार रहेको थाहा भएको र अन्यको खोजी भईरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेटवार्ता

काठमाडौँ, १७ बैशाख । त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् ।  त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ । गत

काठमाडौँ, १७ बैशाख । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर