भारतीय प्रधानमन्त्रीद्वारा अमेरिकाको राजकीय भ्रमणका लागि तयारी तीव्र

एजेन्सी, ३१ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो असार ६ गतेदेखि गर्ने अमेरिकाको राजकीय भ्रमणका लागि तयारी तीव्र पारिएको छ ।

मोदीको भ्रमणले अमेरिका र भारतका नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र भ्रमण महत्वपूर्ण तथा उपलब्धिपूर्ण हुने कूटनीतिज्ञले बताएका समाचार संस्था एएनआईले जनाएको छ । अमेरिका–भारत व्यापार परिषद्ले वासिङ्टनमा गरेको कार्यक्रममा भारतका लागि पूर्वअमेरिकी राजदूत अतुल केशपले भारतका प्रधानमन्त्री मोदीको भावी भ्रमण मैत्री र विश्वासमा आधारित अमेरिका र भारतबीचको सम्बन्धलाई पारस्परिक साझेदारी थप वृद्धि गर्न वास्तवमै महत्वपूर्ण हुने बताए ।

अमेरिका र भारतबीचको साझेदारी पछिल्ला दिनमा थप लचिलो बनेको तथा पारस्परिक सम्बन्धमा धेरै परिवर्तन आएको उनको भनाई छ । कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकाका लागि भारतका राजदूत तरनजीतसिंह सन्धुले भारत–अमेरिका सम्बन्धमा अभूतपूर्व परिवर्तन आएको बताए छ । चारदिने अमेरिका भ्रमणका क्रममा भारतका प्रधानमन्त्रीले अमेरिकी संसद्का दुवै सदनका संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । कैलालीमा एक पुरुषको डुबेर मृत्यु भएको छ । भजनी नगरपालिका–८ गोठचौर बस्ने ६६ वर्षीय राम प्रसाद

काठमाडौँ, २५ भदौ । सिरहामा लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लागुऔषध

काठमाडौँ, २५ भदौ । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, २५ भदौ । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डीएनए’ नमुना