टेबलटेनिस खेलाडी छनोट पूरा

काठमाडौँ, ३० जेठ । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छनोट पूरा भएको छ ।

अखिल नेपाल टेबलटेनिस संघका अनुसार समान २–२ पुरुष/महिला गरी ४ खेलाडीको अन्तिम छनोट गरिएको हो । पुरुषमा संयोग कपाली र रुविन महर्जन तथा महिलामा नविता श्रेष्ठ र शिखा सुवाल श्रेष्ठले एसियाड सहभागिता पक्का गरे । 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतिस्पर्धामा पुरुष/महिलामा समान ६–६ खेलाडी सहभागी थिए । एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा