काठमाडौँ, ३० जेठ । ‘नामी कलेज एसईई प्रिन्सेस २०२३’ को ताज प्राश्ना श्रेष्ठले जितेकी छिन् ।
विश्व निकेतन स्कुल, त्रिपुरेश्वरबाट एसईई परीक्षा दिएकी १६ वर्षीया प्राश्नाले १७ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । उनले विधागत अवार्ड तर्फ मष्ट ट्यालेन्ट समेत जितेकी छन् ।
सिजन मिडियाले राजधानीमा सोमबार साँझ आयोजना गरेको प्रतियोगितामा फस्ट रनरअप अदिति शर्मा भइन् । सेकेण्ड रनरअप अनुष्का श्रेष्ठ भइन् । उनले विधागत तर्फ भिर्योस च्वाइस अवार्ड प्राप्त गरिन् । थर्ड रनरअप लमजुङकी कृतिका श्रेष्ठ भइन् । कृतिकाले भोटिङ मार्फत पपुलर अवार्ड पनि प्राप्त गरिन् ।