क्रान्तिकारीले दुई वटा स्कुलमा लगाइएको ताला काठमाडौँ महानगरपालिकाले तोड्यो

काठमाडौँ, ३० जेठ । काठमाडौँ महानगरपालिकाले दुई वटा स्कुलमा लगाइएको ताला फुटाएर पठनपाठन सुचारु गराएको छ ।

महानगरपालिकाले सानो भर्‍याङस्थित संस्कृति स्कुल र बाँसबारीस्थित युलेन्स स्कुलमा अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी गरेको खबर आएको जनाएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा शिक्षा विभागले ती विद्यालयमा पुगेर ताला फुटाउँदै पठन पाठन सुचारु गराएको हो । अनेरास्ववियू क्रान्तिकारीले दुई स्कुलमा ताला लगाएको खबर आएसँगै काठमाडौँले तत्काल एक्सन लिएको जनाएको छ । 

मेयर शाहले काठमाडौँ महानगरपालिकाको प्रमुख प्राथमिकता शिक्षा भएको बताए । पढ्ने ठाउँमा ताला लगाएर  अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको शाहको भनाइ छ । ‘चाहे सो विद्यालय सरकारी होस् वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौँ’, उनले भने ।   त्यसैले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाइएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि समेत प्रसूति बिदामा प्रोत्साहन गरिएको बताएकी

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,