‘नीरफूल’ फिल्मले भुटानी शरणार्थी प्रकरणको याद दिलायो : भीम रावल

काठमाडौँ, ३० जेठ । सोमबार बेलुका दयाहाङ राई स्टारर ‘नीरफूल’को विशेष शो आयोजना गरियो, जहाँ राजनीतिज्ञदेखि कलाकारसम्म सहभागी भए । एमाले नेता भीम रावल, अभिनेत्री करिश्मा मानन्धर लगायतले फिल्म हेरे ।

नेता रावलले फिल्म हेरेपछि यसले आफूलाई भुटानी शरणार्थी प्रकरणको याद दिलाएको बताए । ‘नीरफूलले एकैचोटी धेरै सन्देश दिएको छ । हाम्रो देशको प्राकृतिक सुन्दरताको छटालाई अगाडि ल्याएको छ,’ उनले भने, ‘भूकम्पजस्ता प्राकृतिक विपत्तिको बेलामा जनतालाई सेवा गर्नुपर्ने कतिपय व्यक्ति र निकायले कसरी गलत तरिकाले फाइदा उठाउन खोज्दा रहेछन् भन्ने कुरालाई अघि ल्याएको छ । यो फिल्म हेर्दा मलाई नक्कली भुटानी शरणार्थी प्रकरणको सम्झना भयो ।’

वैदेशिक रोजगारीले मुलुकको प्राकृतिक जीवनलाई तहसनहस बनाइरहेको आरोप उनले लगाए । ‘त्यसले परिवारलाई कसरी तहसनहस गरेको छ भन्ने सन्देश यसले दिन्छ,’ उनले भने, ‘मान्छेले प्राकृतिक विपत्तिको समयमा पनि कसरी नाजायज फाइदा लिन खोज्छन् भन्ने कुरालाई सुन्दर किसिमले प्रस्तुत गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।