स्पेस एक्सको रकेट अन्तरिक्षमा स्याटेलाइट छाडेर साढे आठ मिनेटमै पृथ्वीमा फर्कियो

एजेन्सी, ३० जेठ । स्पेस एक्सको रकेट अन्तरिक्षमा स्याटेलाइट छाडेर साढे आठ मिनेटमै पृथ्वीमा फर्किएको छ ।

फाल्कोन–९ बुस्टर रकेट ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडेर आठ मिनेट ३० सेकेण्डमै पृथ्वीमा फर्किएको कम्पनीले विज्ञप्ति निकालेर जानकारी दिएको हो ।

अमेरिकी अर्बपति एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सको रकेट फाल्कोन बुस्टरको यस वर्ष यो ९औँ प्रक्षेपण र अवतरण हो । रकेटको माथिल्लो भागमा रहेको स्टारलिङ्कका ५२ वटा स्याटेलाइटहरू पृथ्वीको तल्लो कक्षमा छाडिएको द टाइम्स अफ इण्डियाले जनाएको छ ।

स्पेस एक्सले अन्तरिक्षमा राखेका झण्डै साढे ४ हजार स्याटेलाइटमध्ये अहिले ४ हजार २ सय वटा सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९