स्पेस एक्सको रकेट अन्तरिक्षमा स्याटेलाइट छाडेर साढे आठ मिनेटमै पृथ्वीमा फर्कियो

एजेन्सी, ३० जेठ । स्पेस एक्सको रकेट अन्तरिक्षमा स्याटेलाइट छाडेर साढे आठ मिनेटमै पृथ्वीमा फर्किएको छ ।

फाल्कोन–९ बुस्टर रकेट ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडेर आठ मिनेट ३० सेकेण्डमै पृथ्वीमा फर्किएको कम्पनीले विज्ञप्ति निकालेर जानकारी दिएको हो ।

अमेरिकी अर्बपति एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सको रकेट फाल्कोन बुस्टरको यस वर्ष यो ९औँ प्रक्षेपण र अवतरण हो । रकेटको माथिल्लो भागमा रहेको स्टारलिङ्कका ५२ वटा स्याटेलाइटहरू पृथ्वीको तल्लो कक्षमा छाडिएको द टाइम्स अफ इण्डियाले जनाएको छ ।

स्पेस एक्सले अन्तरिक्षमा राखेका झण्डै साढे ४ हजार स्याटेलाइटमध्ये अहिले ४ हजार २ सय वटा सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण

काठमाडौँ, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौँ, ३० माघ । नेकपा एमालेका महासचिव शंखरले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै रहेको बताएका छन् ।  आज बिहान पोखरेलले

काठमाडौँ, ३० माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत)