सांसद ओछ्यानमा सुतिरहँदा १६ वटा तथ्यमा भक्तपुरले खोजेको ‘महेश बस्नेत’

१) २२ वर्षको कलिलो उमेरदेखि नै गाविस अध्यक्ष भएर गाउँमा विकास र समृद्धिको लागि केही गर्छु भनी हिड्यौं ।

२) २०६२, ०६३ को जनआदोलनमा वाईसीएलले गाउँ घरका बस्तिमा पछि जनतालाई दुख दिदा तिमी उहीरुलाई लखेट्दै हिड्यौं । त्यो तिम्रो गलत हो, किनकी जनताको सुरक्षाको लागि तिमी हिड्यौं ।

३) २०७४ को चुनावमा जनताको बहुमत ल्याई सांसद पुग्यौं । संसद भित्र भक्तपुर जिल्ला पनि छ है भन्ने आवाज उठायौ ।

४) भक्तपुर जिल्ला जिल्ला कै सानो जिल्ला विकासका गति कहिले नलम्केको तिमी सांसद र मन्त्री हुँदा भक्तपुरलाई विकासको हराभरा बनाइदियौं ।

५) भक्तपुर जिल्लालाई नया मोडालिटिमा एक उदाहरणी सहर बनायौं ।

६) तिमीसङ्गै हिड्ने तिम्रा साथीलाई उनीहरुको साथलाई कदर गर्दै आफू भित्र स्वार्थ नराखी उनीहरुलाई निकै अबसर दिलाई माथिल्लो तहसम्म पुरायौं ।

८) साना बच्चादेखि सबैलाई बुढा समेतलाइ मेरै जनता हुन् भनी दुख पीडामा साथ दियौं ।

९) २०७२ सालको भुकम्पमा जनता गाँस, बास, कपासदेखि बन्चित थिए । त्यसमा तिमी मलम बनी अरोरात खट्यौं ।

१०) घर परिवारलाई समय नदिकन देश र जनताका लागि दिनरात नभनी खटियौं ।

११) २०७९ स्थानीय चुनाबमा स्वतन्त्रबाट जितेका बालेनले दशैको मुखमा व्यापारीदेखि गरिबको गाँस, बास खोसिएको हुँदा पहिला ब्यवस्थापन गराइ पीडितको सारथी बनी केही समय उनीहरु ब्यबस्थित भएपछि नयाँ ढ्ङ्गले गरेको भए हुने भन्ने कुराहरु सुझाब दियौं । त्यसमा केही जनताले तिमीलाई र तिम्रा परिवारलाई श्रद्धाञ्जली दिए, तिमी कति मूर्ख महेश किन बन्यौं तिमी दुखी गरिबको आवाज ?

१२) २०७९ चुनावमा तिमी ढुक्क थियौ । आफ्नो बहुमत आउँछ भनेर किनकी भक्तपुरमा विकास हुन मात्र १० प्रतिशत गर्न बाँकी छ । भक्तपुरमा विकास भएको छ, जनता मेरै साथमा छन् भन्ने तिमीलाई विश्वास भयो तर तिमी सङ्गै हिड्ने साथी, तिमीले बनाएर पठाएका जनप्रतिनिधिहरुले तिमी हुदासम्म हामी माथी पुग्न सक्दैनौ भनेर तिमिलाई लडाए । विपक्षको सपोर्ट्मा लागेर विपक्षीलाई जिताउन खटिए र तिमीलाई हराउन तिर लागे र हराए तर पनि तिमी कति पनि बिछिप्त नभैइ जनताका लागि आजसम्म पनि हिडिरहयौं ।

१३) पछिल्लो समयमा विवाद मुछिएका बालेन तिम्रो शहर भक्तपुर आए । तिम्रा विकासका मोडालिटी हेरेर निकै आकर्षशीत भए । त्यो तिम्रो सुन्दर भक्तपुर देखेर हो, भक्तपुरलाई सुन्दर सहर नै हो ।

१४) बालेनका समर्थन गर्नेहरुले तिमीलाई गरेका आलोचनालाई मेटाउन तिम्रा कुराहरु सहि भएर बालेन तिम्रै घरमा आएर, सङ्गै एउटै टेबलमा खाना खाए र आफू सहि छु भन्ने प्रमाणित बालेनलाई देखायौ ।

१५) आफ्नो देश छोडेर आफू बच्न देश छाडेर नागरिता त्यागी गएका रबि देशको माया छ भनी यो देशको गृहमन्त्री भनेका रबि माथी औला उठायौ । यो राष्ट्रप्रेमी हैन, देशघाती हो भनेर तिमीलाई संका छ । अन्तर्राष्ट्रिय शक्ति प्रयोग गरि यो देश सिध्याउँछन् कि भनि किनकी तिमीलाई यो देशको माया छ, बाहिरी मुलुकले यो देश कब्जा नगरोस भन्ने छ ।

१६) अन्त्यमा, तिमी यो देशको नेता हौ । भक्तपुरबाट जितेका जनप्रतिनिधि र सांसद ओछ्यानमा सुतिरहँदा केही विकासका अधुरा काम पूरा गर्न अझै तिमीलाई निद्रा लागेको छैन । तिमी खटिरहेका छौ, पद पाउनेहरुलाई कहिले विकास उज्यालोको सपना देखेन्न तर तिमीले सपना देखेसंगै पूरा गर्न हिडिरहेयौ । तिमीलाई भक्तपुर फेरि खोजेको छ, तिम्रो विकासको छाँयालाई अङ्गालिरहेको छ ।

तृष्णा खड्का
भक्तपुर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण

काठमाडौँ, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौँ, ३० माघ । नेकपा एमालेका महासचिव शंखरले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै रहेको बताएका छन् ।  आज बिहान पोखरेलले

काठमाडौँ, ३० माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत)