त्रिवि सुधारको माग गर्दै अनेरास्ववियुले बुझायो ८ बुँदे ज्ञापन पत्र

काठमाडौँ, २९ जेठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालय सुधारका विविध विषयमा ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा केन्द्रीय महासचिव नरेश रोकायाको उपस्थिति थियो ।

त्रिवि जिल्ला कमिटीले भीसी प्रा. डा. धर्मकान्त बास्कोटासमक्ष ८ बुँदे माग पेश गरेको हो । परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा सेवाग्राहीले पाउने सेवाहरूलाई छिटोछरितो बनाउन भौचर प्रणालीको पनि माग गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय, बल्खुबाट प्रवाह हुने सम्पूर्ण सेवाहरूलाई विकेन्द्रीकरण गर्दै क्षेत्रीय परीक्षा कार्यालयलबाट नै उपलब्ध हुने व्यवस्थाको पनि अनेरास्ववियुले माग गरेको छ । वार्षिक परीक्षाको नतिजा ६० दिन भित्र र सेमेस्टर प्रणाली तर्फका परीक्षाको नतिजा ६ महिनाभित्र सार्वजनिक गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा