त्रिवि सुधारको माग गर्दै अनेरास्ववियुले बुझायो ८ बुँदे ज्ञापन पत्र

काठमाडौँ, २९ जेठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालय सुधारका विविध विषयमा ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा केन्द्रीय महासचिव नरेश रोकायाको उपस्थिति थियो ।

त्रिवि जिल्ला कमिटीले भीसी प्रा. डा. धर्मकान्त बास्कोटासमक्ष ८ बुँदे माग पेश गरेको हो । परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा सेवाग्राहीले पाउने सेवाहरूलाई छिटोछरितो बनाउन भौचर प्रणालीको पनि माग गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय, बल्खुबाट प्रवाह हुने सम्पूर्ण सेवाहरूलाई विकेन्द्रीकरण गर्दै क्षेत्रीय परीक्षा कार्यालयलबाट नै उपलब्ध हुने व्यवस्थाको पनि अनेरास्ववियुले माग गरेको छ । वार्षिक परीक्षाको नतिजा ६० दिन भित्र र सेमेस्टर प्रणाली तर्फका परीक्षाको नतिजा ६ महिनाभित्र सार्वजनिक गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि समेत प्रसूति बिदामा प्रोत्साहन गरिएको बताएकी

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,