अस्ट्रेलियामा बस दुर्घटनामा १० जनाको मृत्यु

एजेन्सी, २९ जेठ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा बस सडकमा पल्टिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । 

प्रहरीका अनुसार घाइते ११ जनालाई हेलिकप्टर र सडकबाट अस्पताल लगिएको थियो । साथै, १८ यात्रु भने सो दुर्घटनाबाट जोगिएका छन् । प्रहरीका अनुसार घटनापछि आपतकालीन सेवालाई घटनास्थलमा बोलाइएको थियो । त्यसपछि ठूलो आपतकालीन अपरेशन सुरु गरिएको थियो । 

समाचार अनुसार बसका चालकलाई अनिवार्य परीक्षण र मूल्याङ्कनका लागि प्रहरी सुरक्षामा अस्पताल लगिएको छ । घाइतेहरुको नजिकको न्यू ल्याम्बटन हाइट्सको जोन हन्टर अस्पताल र वाराताहको मेटर अस्पतालमा उपचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन कार्यदल बनाएको छ । आज सभापति रवि

काठमाडौँ, ३ भदौ । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा.ढुण्डीराज पौडेल नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष डा.पौडेलले आज स्वास्थ्य तथा

काठमाडौँ, ३ भदौ । सरकारले यस वर्षको ‘मानव अधिकार पुरस्कार’ का लागि योग्य व्यक्ति र संस्थाको सिफारिस आह्वान गरेको छ