एजेन्सी, २८ जेठ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसमाथि जवाफी आक्रमण सुरु गरेको बताएको छ ।
अहिलेसम्म रुससँग रक्षात्मक बनेको युक्रेनले आफ्नो भूमि फिर्ता गर्न ठूलाठूला प्रतिकारात्मक आक्रमण सुरु गरेको जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
‘हामीले आत्मरक्षासँगै जवाफी आक्रमण सुरु गरेका छौँ। हाम्रा सेना रुसी सेनालाई धपाउने लक्ष्यका साथ अघि बढिरहेका छन् ।’ जेलेन्स्कीले भनेका छन । तर उनले जवाफी आक्रमणको विवरण भने नदिने बताएका छन । पछिल्लो समाचार अनुसार युक्रेनी सेना देशको पूर्वी भागमा रहेको बख्मुत र दक्षिणमा जापोरिझियामा अगाडि बढिरहेको छ । अमेरिकाले दिएका अत्याधुनिक एफ–१६ लडाकु जहाज, जर्मनीले दिएका लियोपार्ड– २ ट्याङ्क, बेलायतले दिएका च्यालेञ्जर्स–२ ट्याङ्क लगायतको सहायतामा युक्रेनी सेनाले रुसविरुद्ध सफलता प्राप्त गइरहेको पनि राष्ट्रपति जेलेन्स्कीले बताएका छन ।