रुसमाथि जवाफी आक्रमण सुरु गरेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको घोषणा

एजेन्सी, २८ जेठ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसमाथि जवाफी आक्रमण सुरु गरेको बताएको छ ।

अहिलेसम्म रुससँग रक्षात्मक बनेको युक्रेनले आफ्नो भूमि फिर्ता गर्न ठूलाठूला प्रतिकारात्मक आक्रमण सुरु गरेको जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

‘हामीले आत्मरक्षासँगै जवाफी आक्रमण सुरु गरेका छौँ। हाम्रा सेना रुसी सेनालाई धपाउने लक्ष्यका साथ अघि बढिरहेका छन् ।’ जेलेन्स्कीले भनेका छन । तर उनले जवाफी आक्रमणको विवरण भने नदिने बताएका छन । पछिल्लो समाचार अनुसार युक्रेनी सेना देशको पूर्वी भागमा रहेको बख्मुत र दक्षिणमा जापोरिझियामा अगाडि बढिरहेको छ । अमेरिकाले दिएका अत्याधुनिक एफ–१६ लडाकु जहाज, जर्मनीले दिएका लियोपार्ड– २ ट्याङ्क,  बेलायतले दिएका च्यालेञ्जर्स–२ ट्याङ्क लगायतको सहायतामा युक्रेनी सेनाले रुसविरुद्ध सफलता प्राप्त गइरहेको पनि राष्ट्रपति जेलेन्स्कीले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका