पाकिस्तानमा भारी वर्षाका कारण २५ जनाको मृत्यु

एजेन्सी, २८ जेठ । भारी वर्षाले पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा घरहरू भत्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

खैबर पख्तुनख्वा प्रान्तको बन्नु, लक्की मारवत र कारक जिल्लाहरूमा शनिबार वर्षा र असिनाले क्षति पुर्‍याएको वरिष्ठ उद्धार अधिकारी खातीर अहमदले जानकारी दिए । रुख ढल्दा विद्युतीय प्रसारण टावर ढलेर १४५ जना घाइते भएका छन् । “अधिकारीहरूले घाइतेहरूलाई आपतकालीन राहत उपलब्ध गराउन काम गरिरहेका थिए,” अहमदले भने ।

गत महिना गर्मीमा असामान्य हिमपातको क्रममा हिमपहिरोमा परी महिला र बालबालिकासहित करिब एक दर्जन व्यक्तिको मृत्यु भएको थियो । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले शनिबार आँधीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यलाई तीव्रता दिन अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

यसैबीच, अरब सागरबाट चक्रवात बिपरजोय नजिक आइपुगेपछि सरिफले अधिकारीहरूलाई आपतकालीन उपायहरू राख्न आदेश दिए । अल्जजिरा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा