भक्तपुरमा राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता शूरु

भक्तपुर, २७ जेठ । भक्तपुरमा राष्ट्रब्यापी  खुल्ला पुरुष भलिबल प्रतियोगिता शूरु भएको छ । सूर्यविनायक नगरपालिका-४ को हर्सचौकमा सो प्रतियोगिता शूरु भएको हो । प्रतियोगिताको शनिबार उद्घाटनगर्दै सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बिकास निर्माणसंगै नगरपालिकाले  खेलकुद क्षेत्रको बिकासमा ध्यान दिएको बताए । 

कारोनाले थलिएको खेलकुद क्षेत्र यस्ता प्रतियोगिताले चलायमान हुने नगर प्रमुख थापाको भनाई थियो ।  सूर्यविनायकमा राष्ट्रब्यापी भलिबल प्रतियोगिता आयोजना गरिएकोमा खुसी ब्यक्त गर्दै थापाले नगरपालिकाले विकास निर्माणका साथै खेल क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएको बताए । खेलाडीहरु राष्ट्रका गणना भएको बताउँदै प्रमुख थापाले नगरपालिकाले खेल क्षेत्रको विकासमा कुनै कञ्जुसाई नगर्ने प्रतिबद्धता जनाए । आृेम सृजनशील समाजका अध्यक्ष अर्जुन केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले पनि मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतियोगिता आयोजक समितिका संयोजक पेशल आचार्यका अनुसार प्रतियोगितामा विभिन्न जिल्लाका १० वटा टिमको सहभागिता रहेको छ ।  सोमबारसम्म चल्ने  प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार पुरस्कारको बव्यवस्था गरिएको छ । 

ॐ सृजनशील समाजको आयोजनामा भएको कार्यक्रम सूर्यविनायक नगरपालिका समन्वयमा सञ्चालन भएको आयोजक संस्थाका अध्यक्ष अर्जुन केसीले बताए । केसीका अनुसार प्रतियोगिता सञ्चालन गर्न लक्की आलमुनियम र दक्षिण बाराही बृक उधोगले मुख्य प्रायोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज ।  सरकारले विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानून संशोधनको तयारी गरेको छ। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

भक्तपुर, १४ असोज । सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती चोकमा होण्डा कम्पनीको अत्याधुनिक मोटरसाइकल शोरुम सञ्चालनमा आएको छ ।

काठमाडौँ, १४ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोग गरी भइरहेका ठगी, दुर्व्यवहार (ह्यारेसमेन्ट) र भ्रामक सूचना