गेटामा मेडिकल विश्वविद्यालय कायम गर्न माग गर्दै एमालेको प्रर्दशन

धनगढी, २६ जेठ । गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय कार्यान्वयन गर्न माग गर्दै नेकपा एमाले कैलालीले धनगढीमा प्रर्दशन गरेको छ ।

शुक्रबार साँझ एमाले जिल्ला कमिटिको कार्यालयदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडिसम्म ¥यालीसहित एमालेले प्रर्दशन गरेको हो । प्रर्दशनका क्रममा मेडिकल माफियाको प्रभावमा परेर मन्त्रिपरिषद्को निर्णय विपरीत सरकारले गेटामा विश्वविद्यालयको सट्टा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरिएको छ । गेटामा मेडिकल विश्वविद्यालय कायम नगरिएको खण्डमा थप आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिइएको छ ।

कोण सभालाई एमाले सुदूरपश्चिम प्रदेश कमिटिका सचिव धर्मराज पाठक, जिल्ला कमिटिका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, धनगढी नगर कमिटि अध्यक्ष रामचन्द्र जोशी लगायतले सम्बोधन गरेका थिए । २९ माघमा सरकारले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो तर १५ जेठमा ल्याइएको अगामी आर्थिक वर्षको बजेटमा भने शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेपछि विश्वविद्यालय माग्दै सुदूरपश्चिममा आन्दोलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि समेत प्रसूति बिदामा प्रोत्साहन गरिएको बताएकी

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,