काठमाडौँ, २६ जेठ । बलिउड अभिनेता सनी देओलको आगामी फिल्मको छायांकन नेपालको मुस्ताङमा हुने भएको छ ।
मुस्ताङको जोमसोम, कागबेनी, मुक्तिनाथ क्षेत्रमा लोकेसन खोजी गरेर उक्त फिल्मको टोली शुक्रबार भारत फर्किएको छ । बलिउडको नाम चलेको ब्यानरबाट निर्माण गर्ने बताइएको यो फिल्मको बजेट सय करोड भारु बताइएको छ ।
फिल्मको ६० प्रतिशत छायांकन मुस्ताङमै हुने र नोभेम्बरदेखि छायांकन गर्ने तयारी छ । फिल्मको नेपाल व्यवस्थापनमा सक्रिय थ्री ह्विलर्स कम्पनीका अनुसार अन्तिम चरणको ‘लोकेसन रेकी’को लागि २० जनाको टोली पुनः जुलाई पहिलो साता नेपाल आउँदैछ ।