फिफा महिला वरीयतामा नेपाल एक स्थान तल

काठमाडौँ, २६ जेठ । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको पछिल्लो महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

फिफाले आज महिलातर्फको नयाँ वरीयता सार्वजनिक गरेको हो । पछिल्लो वरीयतामा नेपाल १०१औं स्थानमा रहेको छ ।यसअघिको वरीयतामा नेपाल १००औं स्थानमा थियो । दक्षिण एसियामा भारत सबैभन्दा अगाडि छ । पछिल्लो वरीयतामा भारत ६०औं स्थानमा छ । दक्षिण एसियामा नेपाल दोस्रो र बंगलादेश तेस्रो स्थानमा छन् । बंगलादेश १४०औं स्थानमा छ ।

महिला विश्व वरीयताको पहिलो स्थानमा भने अमेरिका रहेको छ । जर्मनी दोस्रो, स्विडेन तेस्रो र इङ्ल्यान्ड चौथो स्थानमा छन् । फ्रान्च पाँचौं, स्पेन छैटौं, क्यानडा सातौं, ब्राजिल आठौं र नेदरल्यान्ड्स नवौं वरीयतामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा

बुटवल, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय