आजबाट हलमा ‘नीरफूल’ र ‘वेल कम टु हेम्जाकोट’

काठमाडौँ, २६ जेठ । आजबाट देशभरका हलमा फिल्म ‘नीरफूल’ र ‘वेल कम टु हेम्जाकोट’ प्रदर्शनमा आएका छन् ।

फूलमान बल निर्देशित फिल्म ‘नीरफूल’ र सरोज पौडेलको निर्देशन रहेकाे ‘वेल कम टु हेम्जाकोट’ आजबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको हुन् ।

फिल्ममा दयाहाङ राई, जिग्मे छोकी घिसिङ, शान्ति वाइवा, राजन खतिवाडा, बुद्दि तामाङ, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ । ‘वेल कम टु हेम्जाकोट’ समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत गरिएको सिनेमा हो । यसले वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने उतार चढावलगायतका विषयवस्त उठान गरेको छ । क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्ममा तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको सिनेमामा सरोज पौडेलको लेखन तथा निर्देशन रहेको छ ।

फिल्ममा बुद्दि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दिप सिग्देललगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । सुर्खेतमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, लेकबेसी

काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । रोल्पाको

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय