विदेश जाने विद्यार्थीको संख्या दोब्बरले बढ्यो

काठमाडौँ, २५ जेठ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या पछिल्लो दुई वर्षको तुलनामा यस वर्ष झण्डै दोब्बरले वृद्धि भएको छ ।

दैनिक पाँच सयको हाराहारीमा नेपाली विद्यार्थीले विदेशमा पढ्न जान अनुमति लिने गरेका छन् । शिक्षा मन्त्रालयको आँकडाअनुसार आर्थिक वर्ष २०७९/०८० मा विश्वका ७२ वटा ९२ हजार १४१ विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमतिपत्र लिएका थिए ।

स्वदेशको उच्च शिक्षाको अध्ययन गुणस्तरीय र आकर्षक नभएको तथा शैक्षिक बेरोजगारीको समस्या कायम रहेको नाममा वर्षेनी विदेशमा अध्ययन गर्ने विद्यार्थी बढ्ने गरेको देखिएको छ । भर्खरै १२ कक्षाको परीक्षा दिएर बसेका अधिकांश विद्यार्थीहरु पढ्न विदेश जाने भन्दै तयारीमा जुटेका छन् । देशको शिक्षा प्रणाली गुणस्तर नहुनु, रोजगारको व्यवस्था तथा श्रमको उचित मूल्याङकन नहुँदा उच्च शिक्षाका लागि विदेशमा जानेहरुको चाप बढ्दो छ ।

पछिल्लो समय उच्च शिक्षाका अध्यनका लागि विद्यार्थीको पहिलो रोजाई अस्ट्रेलिया पर्ने गरेको छ । त्यस्तै, अमेरिका, क्यानडा, ईङल्यान्ड, डेनमार्क तथा भारतलगायतका मुलुक थप रोजाइमा पर्ने छन् । तर, भारतमा पढ्न जानेहरुको यकिन तथ्याङ्क भने सरकारसंग छैन ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो नौ महिनाको अवधिमा ६७ अर्ब १९ करोड बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४३ अर्ब ६७ करोड बाहिरिएको थियो । नेपालबाट उच्च शिक्षका लागि गएका विद्यार्थीहरुले कुन कुन विषय अध्ययन गरेको भन्ने विवरण सरकारसंग हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि समेत प्रसूति बिदामा प्रोत्साहन गरिएको बताएकी

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,