‘कम्फर्टेवल’ हुनका लागि प्रचण्ड यति हदसम्म तल नझरुन्ः महासचिव पोखरेल

काठमाडौँ, २५ जेठ । नेकपा एमालेको महासचिव शंकर पोखरलले नेपाल र नेपालीको लागि कम्फर्टेवल नभई भारतको लागि कम्फर्टेवल हुनका लागि पुष्पकमल दाहाल प्रचण्ड वर्तमान अवस्थामा हदसम्म तल झरेको भन्दै आक्रोस जनाउनुभएको छ ।

नेपाली भुभाग समेटेर भारतीय संसदमा राखिएको नक्साप्रति आपत्ती जनाउँदै उहाँले नेपाल बाहेकका अन्यमुलुकहरुले विरोध गरिरहेको तर नेपाल सरकार कानमा तेल हालेर बसिरहेको बताउनुभयो । नेपालका प्रधानमन्त्रीले भने संसदको रोष्टमै उभिएर आफै प्रष्टिकरण दिएर भारतीय शासक वर्गको उक्त कुआकांक्षालाई लुकाउने कोशिस गरिरहेका आरोप लगाउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘भारतको नयाँ संसद भवनमा राखिएको ‘मुरल’ नक्सा भारतिय शासक वर्गको प्रभुत्ववादी आकांक्षाको अभिव्यक्ति हो । आफ्नो मुलुकको भूभाग त्यसमा देखाइएकोमा अन्यमुलुकका सरकारले भारत सरकारसंग औपचारिक रुपमा स्पष्टिकरण मागेका समाचार आइरहेका छन् । तर नेपालका प्रधानमन्त्रीले भने संसदको रोष्टमै उभिएर आफै प्रष्टिकरण दिएर भारतिय शासक वर्गको उक्त कुआकांक्षालाई लुकाउने कोशिस गरिरहेका छन् । ुकम्फर्टेवलु हुनका लागि प्रचण्डजी यति हदसम्म तल नझरेको भए हुने नि ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । रोल्पाको

काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय