रेलमा आगलागी भएपछि सुरुङबाट २०० यात्रुलाई बाहिर निकालियो

एजेन्सी, २५ जेठ । रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिएको छ ।

अष्ट्रियाका सुरक्षा अधिकारीहरूका अनुसार एउटा सुरुङमा आगो लागेपछि उनीहरू सवार रहेको रेललाई बाहिर निकालिएको हो ।  

यस घटनामा परेर करिब ४५ यात्रुलाई सामान्य चोटपटक लागेको छ भने धुवाँको मुस्लोका कारण उनीहरूको स्वास्थ्यमा प्रतिकुलता देखिएको छ । ह्याम्बर्ग र एम्स्टर्डमका लागि जाँदै गरेको ट्रेन बुधवार साँझ अस्ट्रियाको आल्प्सको इन्सब्रक सहर नजिकैको सुरुङबाट अघि बढिरहेको थियो, त्यसै बेला यसको ओभरहेड तार टुटे पछि आगलागी सुरु भएको हो ।  

यात्रुहरू बोकेको उक्त ट्रेनले अटो मोबाइलका समानहरू ओसारपसार गरिरहेको थियो र तीनै तारका केबलबाट आगलागी सुरु भएको थियो, रेलका स्थानीय प्रवक्ताले भने। उक्त रेलमा आगलागी भएपछि १ घण्टाभन्दा बढी समय लगाएर आगो निभाइएको थियो, उक्त आगलागीमा परेर कोही पनि हताहत भने भएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाइने बताएका छन् । नेपाल

काठमाडौँ, ३ असार । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरका नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ । केन्द्रीय बैंकका गभर्नर

काठमाडौँ, ४ असार । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९ सय

काठमाडौँ, ३ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।