वेस्ट ह्याम युरोपा कन्फ्रेस लिग च्याम्पियन

काठमाडौँ, २५ जेठ । वेस्ट ह्याम युनाइटेड युरोपा कन्फ्रेन्स लिगको च्याम्पियन बनेको छ । 

इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इंग्लिस क्लब वेस्ट ह्याम कन्फ्रेन्स लिगको च्याम्पियन बनेको हो । चेक रिपब्लिकमाको फोर्टुना एरिना प्राहामा  बुधवार राति भएको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो ।

तर, दोस्रो हाफको ६२औँ मिनेटमा सेड बेनरहमाले पेनाल्टीमा गोल गर्दै वेस्ट ह्यामलाई १–० को अग्रता दिलाउन सुरु गरेका थिए । तर, ६७औँ मिनेटमा फियोरेन्टिना जियाकोमो बोनोभेन्चुराले गोल फर्काए पछि खेललाई १–१ को बराबरीमा रहन आयो । त्यसपछि अतिरिक्त समयमा जरोड बोवेनले गोल गरे पछि वेस्ट ह्याम कन्फ्रेन्स लिगको च्याम्पियन बन्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज ।  सरकारले विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानून संशोधनको तयारी गरेको छ। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

भक्तपुर, १४ असोज । सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती चोकमा होण्डा कम्पनीको अत्याधुनिक मोटरसाइकल शोरुम सञ्चालनमा आएको छ ।

काठमाडौँ, १४ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोग गरी भइरहेका ठगी, दुर्व्यवहार (ह्यारेसमेन्ट) र भ्रामक सूचना