अमेरिकामा अन्धाधुन्द गोली चल्दा २ जनाको मृत्यु, ५ जना घाइते

एजेन्सी, २४ जेठ । अमेरिकाको भर्जिनिया राज्यस्थित एक विद्यालयमा अन्धाधुन्द गोली प्रहार हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

भर्जिनियाको रिचमण्ड पब्लिक स्कुलमा दीक्षान्त समारोह चलिरहेको बेला एक १९ वर्षीय युवाले गोली प्रहार गरेका हुन् । कार्यक्रम चलिरहेको बेला उनी गोली प्रहार गर्दै समारोह स्थलतर्फ अघि बढेका थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मारिनेमा एक जना १८ वर्षीय युवा र अर्का ३६ वर्षीय पुरुष रहेका छन् । गोली प्रहार गर्ने किशोरलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । मृतक, घाइते र आक्रमणकारीको परिचय खुलाइएको छैन ।

घटनामा अन्य थुप्रैलाई गोली लागे पनि सख्त घाइते पाँच जना रहेको स्थानीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा