वीरेन्द्र चम्लागाई
काठमाडौँ, २३ जेठ । आफ्नो आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाको लागि एमाले निकट अनेरास्ववियुको नीजि विद्यालयले जम्मा विद्यार्थीको १० प्रतिशत पूर्ण छात्रवृद्धि प्रदान गरे वा नगरेको निरिक्षण गर्ने भएको छ ।
आजदेखी देशभरका नीजि विद्यालयमा अनेरास्ववियुका नेता तथा कार्यकर्ताले निरिक्षण गर्ने भएका छन् । अनेरास्ववियुले कानुनी आधारमा गरिव, जेहेन्दार, विपन्न, दलीत, जनजातीलगायतले प्राप्त गर्ने १० प्रतिशत छात्रवृद्धि पाउनुपर्ने व्यवस्थालाई कडाईको साथ कार्यान्वयनको लागि निरिक्षण तथा अनुगमन शुरु गर्न निर्देशन दिएको छ । उक्त व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न विद्यालयलाई आग्रह गर्दै अनेरास्ववियुले कार्यान्वयवन नभए जस्तोसुकै परिस्थितीबाट भएपनि विद्यार्थीका हक र अधिकार स्थापीत गराएरै छाड्ने प्रतिवद्धता जनाएको छ । विद्यार्थीको हितमा अनेरास्ववियु जहिले पनि हाजिर हुने समेत बताएको छ ।
प्रचार प्रसार विभाग प्रमुख आर विक्रम ओखेडाले भन्नुभएको छ, ‘अनेरास्ववियुको आन्दोलनबाट प्राप्त निर्णय नीजि विद्यालयमा कुल विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति पाउने जुन निर्णय देशभरिकै नीजि विद्यालयहरुमा लागू गराउन र कति विद्यालयमा लागु भएको छ भन्ने विवरण विद्यालयले आफ्नो वेब पेज वा सम्बन्धीत स्थानीय पालिकामा छात्रवृत्ति उपलब्ध विद्यार्थीहरुको नामावली सहित पेश गर्ने निर्णय अनेरास्ववियुले निरन्तर आवाज उठाउँदै आइरहेको छ । काठमाडौँ महानगरपालिकाले करिब ३४२ विद्यालयले १० प्रतिशत छात्रवृत्ति नदिएको भन्दै निकालेको सूचीमा परेका विद्यालयलाई तुरुन्त कार्यान्वयनमा ल्याउन अनेरास्ववियुका नेता कार्यकर्ताले पायक पर्ने विद्यालयमा निरक्षण गर्न हार्दिक अपिल गर्दछौं ।’
आज नै अनेरास्ववियुले एपेक्स स्कुलमा निरिक्षण गरेको छ । जम्मा विद्यार्थी संख्या ४१५ रहेकोमा छात्रवृत्ति प्रदान ६२ जना विद्यार्थीले पाएको भन्दै स्कुललाई धन्यवाद प्रकट गरेको छ । २०६५ सालमा अनेरास्ववियुको नेतृत्वमा नीजि विद्यालयले समेत १० प्रतिशत छात्रवृद्धि अनिवार्य दिनुपर्ने बाध्यात्मक व्यवस्था गराएको थियो । उक्त सँगै धरै गरिव तथा जेहेन्दार विद्यार्थीले खर्चकै अभावमा शिक्षाबाट बञ्चित हुन नपर्ने बनेको थियो । तर कतिपय नीजि विद्यालयले छात्रवृद्धि नदिँदा गरिव तथा जेहेन्दार विद्यार्थीले शिक्षा पाउनबाट बञ्चित हुँदै आएका छन् । कतिपय गरिव विद्यार्थीले महिनाको शुल्क तिर्न नसकेकै कारण पठाई छोड्न बाध्य भएका छन् भने कतिपयले शुल्क तिर्न नसकेकै कारण आत्महत्या गर्न समेत बाध्य भएको घटनाहरु रहेका छन् । आगामी दिनमा उक्त प्रकारका समस्याबाट मुक्त हुन अनेरास्ववियुले छात्रवृद्धि पाउने अधिकारलाई कडाईका साथ पालना गराउन नियमित रुपमा निरिक्षण तथा अनुगमन गर्ने भएको हो ।






