नाम बदल्दै संस्थागत विद्यालय

काठमाडौँ, २० जेठ । काठमाडौँको बानेश्वरमा रहेको ‘भ्याली भ्यु इन्टरनेसनल स्कुल’को नाममा अहिले ‘इन्टरनेसनल’ शब्द देखिँदैन।

काठमाडौँकै बौद्ध, चुच्चेपाटीमा रहेको ‘प्राक्सिक इन्टरनेसनल स्कुल’ले नाम सच्चाएर ‘मनास्लु वर्ल्ड स्कुल’ कायम गरेको छ। ‘प्याराडाइज इन्टरनेसनल स्कुल’को नाम पनि पुरै परिवर्तन गरी ‘सुनौलो क्षितिज’ राखिएको छ।

यसैगरी काठमाडौंकै कालिमाटीस्थित ‘एमइटी विथ कोएजुकेसन विद्यालय’ले पुरै नाम परिवर्तन गरी ‘सुप्रिम स्कुल’ राखेको छ। कालिमाटीस्थित ‘क्रिस्टल इन्टरनेसनल एकडेमी’ले पनि नाम परिवर्तन गरी ‘वेदाङ स्कुल’ राखेको छ। ‘इस्टवेस्ट इन्टरनेसनल स्कुल’ कालिमाटीले नाम बदलेर ‘दक्षता’ बनाएको छ।

यी त उदाहरण मात्र हुन्, अहिले काठमाडौँका निजी विद्यालयहरू नाम परिवर्तन गर्ने चटारोमा छन्। चटारो नहोस् पनि कसरी, विद्यालय शिक्षा व्यवस्थापन निर्देशिका, २०७४ को नियम ७० को उपदफा २ कार्यान्वयन गर्न मेयर बालेन्द्र साह (बालेन) ले कडा निर्देशन दिएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १४ भदौ । नाइजरको राजधानी नियामेस्थित एक सैन्य अखडामा शनिबार सेनाको एक समूहले आफ्नै वरिष्ठ अधिकारीहरूविरुद्ध विद्रोह गर्दै गोलीबारी र शृङ्खलाबद्ध

काठमाडौँ, १३ भदाै । संयुक्त राष्ट्रससङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई कूटनीतिक माध्यमबाट द्वन्द्व अन्त्य गर्न वार्ता पुनः सुरु

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी

काठमाडाैँ, १२ भदौ । अमेरिकाले विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको नेपाललाई सहयोग पठाउने घोषणा गरेको छ।