सेभियालाई कीर्तिमानी सातौँ युरोपा लिगकाे उपाधि

काठमाडौँ, १८ जेठ । स्पेनिस क्लब सेभियाले बुधबार राति पुस्कास एरेनामा इटालियन क्लब एएस रोमालाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै कीर्तिमानी सातौँ पल्ट युरोपा कपको उपाधि जितेको छ । रोमाका प्रशिक्षक जोजे माउरिन्होले युरोपियन प्रतियोगिताको ६ फाइनल खेलमा पहिलोपटक पराजित भए । 

निर्धारित ९० मिनेट समयको खेल भने १–१ को बराबरीमा रहेको थियो । थपिएको ३० मिनेट समयमा पनि दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । पेनाल्टी सुटआउटमा स्पेनिस ला लिगाको क्लब सेभियाका लागि गोन्जालो मोन्टिएलले निर्णायक गोल गरे । 

यससँगै सेभियाले खेलेका सबै सात युरोपा लिगको फाइनल जित्न सफल भएको छ । पछिल्लो जितसँगै सेभियाले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । सेभियाले यसअघि २०२०, २०१६, २०१५, २०१४, २००७ र २००६ युरोपा लिगको उपाधि जितेको थियो । सेभियापछि इन्टर मिलानले सबैभन्दा धेरै तीन पटक युरोपा लिगको उपाधि जितेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी

काठमाडौँ, १६ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १६ असोज । राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क (ह्विलिङ चार्ज) निर्धारण भएसँगै नेपालको ऊर्जा क्षेत्रमा

रुपन्देही, १६ असोज । नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्दै आपसी सहकार्य र समझदारी थप सुदृढ बनाउनुपर्नेमा सहभागीले