तिमी को हौ ? उग्र क्रान्तिकारी छौँ । २०५२ सालपछि तिमी कहिले भुमिगत भयौ ? ढुंग्रेवासमा छत्रबहादुर श्रेष्ठको घरमा बम पड्काएपछी किन भाग्यौ ? क्रान्तिकारी थियौँ भने विरगंज कारागारमा तिमीले के मुद्धाको कैद भुक्तानी गरेका हौँ ? विरगंज जेलबाट पार्टीका लागि गंगा नारायण श्रेष्ठले लेखेको चिट्ठी कहाँ मिल्कायौँ ?
सिन्धुली जिल्ला प्रशासनमा तिमीले किन आत्मसर्मपण गरेको ? त्यो आत्मसमर्पण गराउँदाका साक्षी छन् कि छैनन् ? छुटे पछी भारत किन गयौँ ? कुन कम्पनीमा चौकीदार गरेउ ? हरिवोललाई त्यही भेटेउ की भेटेनौँ ? भारतबाट फर्कदा ल्याएको ३ लाख भारु कस्लाई दियौँ ?
२०६२/२०६३ पछि हरिवोल गजुरेल मेची कोसीको इन्चार्ज हुँदा नेपाल आएका हौ कि हैनौँ ? कुन जिल्लावाट फेरी करान्तिकारी बनेउ ? रामेछाप कस्ले ल्यायो ? किन ल्यायो ? रामेछापको एल.डि.यो किन लगारेउ ? जिल्ला विकासको योजना एकलौटी वितरण किन गरेउ ? इश्वर पोख्रेललाई ढुंगा किन लडायौ ? दिउँसो झण्डा आफैँले गाड्ने राती आफैँ उखेल्ने गरेर भोली पल्ट कांग्रेस एमालेका कार्यकर्तालाई किन उखेलिस् भन्दै कुटेउकी कुटेनौ ? रामेछाममा कति जती अवैध रकम आर्जन गरेउ ? कति कार्यकर्तामा खर्च गरेउ, कती कुम्ल्यायौ ? अँ ! साँच्ची एक किसानको खलामा किन तिमीलाई कुटेको रे ? रामेछाप सिडियोले मुद्धा के कारण लाको हो ? त्यो मुद्धाको जरिवाना तिरेउ त ?
झाँगाझोलीमा आफ्नै कार्यकर्तालाई गोली हानेउ ? एमाले केशव देवकोटालाई झाँगाझोलीमा किन ज्यादती गरेउ ? दिपक मिश्र माथि किन हानपात गर्न लगायउ ? सुनकोशीमा काँग्रेसकै भोट चाहिने तर तिनिहरु माथिनै किन ज्यादती गर्छाैँ ?
२०६४ मा हरिवोलको सिन्धुलीवाट संविधानसभा सदस्यको लागि टिकट सिफारिस नभएपछी गंगानारायणलाई विस्थापित गर्न तिमी सिन्धुली आएका हैनौ ? प्रचण्डपक्षको पकड बनाउन पार्टी भित्रै के–के गरेउ ? गंगा श्रेष्ठलाई के आरोप लगायौँ ? दिर्घराजलाई के के भनेउ ? सुरत स्याङ्गतान जस्ता सादगीलाई कति सतायौँ ? विषमलाल, निरु, शान्तिमान, डम्वरलाई किन पार्टीमा वस्नै नदिएको ? माओवादीको कार्यालय बनाउने नाममा त्यतिवेला कति जम्मा गरेउ ? किन पार्टीको नाममा खाता नखोलि व्यक्तीको नाममा खाता खोलेउ ? जग्गा पार्टीको नाममा किन्न मिल्ने ? खाता खोल्न नमिल्ने ? भवन वनाउँदा ज्याला वाहेक सवै सामाग्री मागेरै आयो, बाँकी रहेको पैसा काहाँ लगेउ ? तिमिले नै त कुमल्यायौँ होला हैन ? गंगानारायण विस्थापित गरेउ ठिकै थियो । हरिवोल किन विस्थापित गरेउ ? सिन्धुलीमा माओवादी युद्धमा लामो योगदान गरेकालाई एक–एक गर्दै किन लगारेउ ? जनमोर्चा धारलाई किन पाखा लायौ ? आलोचना पटक्कै सहदैनौ हो ?
सुनकोसीमा तिम्रै श्रीमतीलाई मात्र टिकट दिनुको राज के हो ? त्यहाँ माओवादी आन्दोलनमा योगदान गरेका र पालिका अध्यक्ष चलाउन सक्ने कोही थिएन हो ? राम बोगटी को हो ? उसले वैधानिक कागजात किन वोक्दैन थियो ? उसँगको स्काभेटर लगायतका व्यापारिक साझेदारी सकियो की वाँकी छ ? अघिल्लो वर्ष सुनकोसी गाउँपालिकाले ६ करोडमा लागेको ढुंगा गिट्टीको ठेक्का पछिल्लो बर्ष उस्लाई ९९ लाख मात्रमा किन दियौ ? सुनकोशीमा भएका अनियमितता र भ्रष्टाचारको साक्षि किन बस्यौं ? सुनकोसी दोहनमा तिम्रो संलग्नता छ कि छैन ?
पानीराजलाई टिकट किन दिएनौ ? कार्साङलाई किन हटायौ ? तिम्री श्रीमती किन दोहो¥यायौ ? के अव्वलता थियो तिम्री श्रीमतीमा दोहारिनु पर्ने ? कार्साङलाई सभापती वनाउँदा नजराना किन लिएको ? काहाँ लगेउ कस्लाई दियौ ? सुनकोसी नदी दोहन, वाहिर अरुको श्रोत माथीको नियन्त्रण र उठ्ती राम्ररी मिलाएका छौ है ? त्यहाँ मेरो संलग्न्नता छैन छाती ठोकेर भन्न सक्छौ ?
विकास निर्माणका पनि अलिकती प्रश्न छन् है । सुनकोशी नांगेडाँडाको शहीद पार्क पुरा गरेउ ? दुधौलीको शहिदपार्क बन्यो ? दनुवार संग्राहालय उभियो मात्रैकी अली वढीनै भयो ? कमला नदी कोरीडोर बनेर दायाँवाया यातायात कुद्यो ? सुनकोशीको माछा पोखरीमा माछा पाल्यौ कि भ्यागुता ? धान मिलले धान कुट्यो कि कोदो ? लाखौं लगानीका उद्योग चलिरहेका होलान नी हैन ?
तिमी र तिम्री श्रीमती सार्वजनिक पदमा भएदेखि वनेका उपभोक्ता समितिमा अन्य पार्टी एमाले, कांग्रेसका कार्यकर्तालाई प्रमुख पदमा राखेका छौँ ? छौँ भने कति वटामा ? हिजो उपभोक्ता समितिले वुझाउने नजराना दिनेश अधिकारीलाई उठाउन लाएका हैनौँ र ? तिमीले उपभोक्ता समितिमा समेत कांग्रेस एमालेलाई नपत्याउने, भोट चैँ तिमीलाई तिनले किन हाल्ने ?
दुधौली २ को आधुनिक खेती कहाँ पुग्यो ? राज्यको करोडौँ लगानी किन स्वाहा पारेउ ? रातो किताबमा ल्याए जती परियोजना राजन दाहालले ल्याएको भन्दै पारिश्रमिक लिएका धुपौरे प्रयोग गरेर फेसवुक क्याम्पेन किन गराको ? कती योजना रातो कितावमा हाल्न पहल गरेका थियौ ? दिर्घकालिन महत्व राख्ने कुनै परियोजनाको प्रारम्भ र अन्त्य भएको कुनै एकको नाम दिन सक्छौ ? तिमीले मात्र हैन तिमी्र श्रीमतीले समेत बनाएका कुनै दिर्घकालिन महत्वका काम छन् ? साना र टुक्रे योजना हाल्नु र तिम्रा भित्रिया आसेपासे उपभोक्ता समितिमा राखेर पोस्नु मै तिम्रो सम्पूर्ण समय खर्च भाको छ हैन ?
तिमीले तिम्रा घोषणापत्रमा ल्याएका दिर्घकालिन महत्वका कुनै काम पुरा गरेका छौ ? तिमी जति पनि परियोजना मैलै ल्याएँ भनेर फलाकेका छौँ नी ति सवै अरु कसैले देखेका र राखेका योजना मात्र भन्छौँ हैन ???
अनि पार्टी कार्यालय बनाउने नाममा कति रकम संकलन गर्यौ ? त्यो हिसाब किताब किन सार्वजनिक नगरेको ? ढुंगाखानीसँगको नियमित फिरौती लिदै छौँ कि छैन ? जिल्ला वन कार्यालयमा जफत भएको सुकुटी केको आयो ? अनि सुकुटी काण्डमा तिमीले छुटाएर लगेका मानिस को थिए ? त्यो मुद्धा कहाँ पुग्यो, धमक्याएरै सकियो कि वाँकी छ ? डिएफओ सरुवा नगरिकन निद्रा लागेन हैन ?
हरिबोललाई पाखा लगाएर टिकट लिन प्रचण्डको छोरीलाई कति बुझायौं ? अनेक बाहानामा पैसा जम्मा गर्दै कहाँ लगेका छौं ? राजनीतिको आवरणमा कमाउनु तिम्रो धन्दा हैन ? माओवादी बनायौं कि ग्याङ्ग बनायौँ ? त्यौ अघिल्लो निर्वाचनमा पश्चिम वंगालको वैकको खातावाट पैसा कती ल्यायौ ? त्यो खाता कस्को नाममा थियो ? खाता वन्द गरेउ की छ ? त्यो आधार कार्डमा प्रयोग भएको नाम कस्को हो ?
तिमी असली अर्थमा नेता हैनौं । यदि नेता हौं भने यी तमाम प्रश्नहरुको जवाफ सार्वजनिक रुपमा तिमीले दिनु पर्दैन ? तिम्रा सारा कर्तुतहरु नागरिकहरुले राम्रोसँग चियाइरहेका छन् । झट्ट हेर्दा हिरो जस्तो देखिन खोज्ने तिम्रो असली रुप के हो । तिमी सिलाबरको थाल जस्तै हौं जुन छिट्टै तात्छ र सेलाउछ । तिमी जति तात्यौं, सकियो अब सेलाउने दिन आएको छ । यस्को फैसला सिन्धुलीबासी आम नागरिकहरुले गर्ने छन् ।
लेखकः राम बहादुर मगर (प्लाटुन कमाण्डर जनमुक्ति सेना नेपाल) रामबृक्ष स्मृति बिग्रेड/लेखकको निजी बिचार
प्रथम पटक प्रकाशित https://sindhulisaugat.com/2022/11/17/120840






