हत्या आरोपमा सभामुखका छोरा पक्राउ

एजेन्सी, १२ जेठ। जापानमा गोली हानाहानको घटनामा संलग्नताको आरोपमा एकजना नगर सभामुखका छोरा पक्राउ परेका छन् । 

जापनीज सञ्चार माध्यमका समाचार अनुसार मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो । 

आक्रमणकारीले नागानो प्रान्तस्थित नाकानो शहरमा दुई प्रहरीको हत्या गर्न गोली चलाउनु अघि एक महिलालाई छुरा प्रहार गरेका थिए । सो घटनामा समग्रमा चार जना मारिएका थिए भने भने पक्राउ परेका व्यक्ति नगरसभाका सभामुखका छोरा भएको खुल्न आएको छ । तर, उनको नाम भने सार्बजनिक गरिएको छैन । 

तर, उनले चार चार जना माथी किन गोली चलाए र ती आक्रमणकारीको उद्देश्य के थियो रु त्यो भने अझै खुल्न सकेको छैन । प्रहरी हिरासतमा रहेका कारण उनी माथी छानबिन जारी रहेकाले केही समय पछि सो गोलीकाण्डको उदेश्यका बारेमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक आह्वान गरेका छन् । उपाध्यक्ष युवराज ज्ञवालीका

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको

काठमाडौँ, १७ जेठ । सार्वजनिक खरिद अनुमगन कार्यालयले २३ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । कालोसूचीमा परेकामा कलेज अफ