पृथ्वीमा भएका पशुपक्षीमध्ये आधा प्रजातिको सङ्ख्या घट्दो क्रममा : अध्ययन

एजेन्सी, १२ जेठ । पृथ्वीमा अहिले भएका पशुपक्षीका आधा प्रजातिहरूको सङ्ख्या निरन्तर घटिरहेको एक अध्ययनले देखाएको छ । बेलायतको क्विन्स युनिभर्सिटी बेल्फास्टले ७० हजारभन्दा धेरै प्रजातिका पशुपक्षीको घनत्वबारे अध्ययन गरेको थियो । अनुसन्धानकर्ताले यो अहिलेसम्मकै सबैभन्दा विस्तृत अभिलेख भएको समेत बताएका छन् ।

अध्ययनका अनुसार अहिले पशुपक्षीका ४८ प्रतिशत प्रजातिको सङ्ख्या घट्दो क्रममा छ । तीन प्रतिशत प्रजातिको सङ्ख्या भने बढेको देखिएको छ । अध्ययनले यसको मुख्य कारण जैविक विविधतामा देखिएको विश्वव्यापी ह्रासलाई सङ्केत गरेको बीबीसीले जनाएको छ । औद्योगिकीकरणका कारण जैविक विविधतामा भैरहेको नोक्सानी पहिला ठानिएको भन्दा पनि निकै चिन्ताजनक भएको अध्ययनको चेतावनी छ । जैविक विविधतामा देखा परेको सङ्कट मानव जातिका लागि आउँदा दशकहरूमा सबैभन्दा ठूलो चुनौती बन्ने यो अनुसन्धानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । पछिल्लो २४ घण्टामा थप ३ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या ११ लाख

काठमाडौँ, १७ जेठ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १५ सय

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।   प्रधानमन्त्री

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।  आज बिहान राष्ट्रपति