‘गोर्खा वारियर’को वर्ल्ड प्रिमियर बेलायतमा हुने

काठमाडौँ, ११ जेठ । मिलन चाम्सको निर्देशनमा रहेको फिल्म ‘गोर्खा वारियर’को वर्ल्ड प्रिमियर बेलायतमा हुने भएको छ । 

बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा हुने रेडकार्पेट प्रिमियरमा फिल्मको निर्माण पक्षले बेलायती राजपरिवारका सदस्यलाई समेत निम्तो दिने भएको छ । 

काठमाडौँमा मंगलबार पत्रकार भेटघाट आयोजना गर्दै निर्देशक मिलन चाम्सले भने, “गोरखा वेलफेयर ट्रष्टको माध्यमबाट प्रिमियरमा रोयल फेमेलीका सदस्यलाई हामी निम्तो गर्दै छौँ । किङ चार्ल्सलाई पनि हामी इन्भाइट गर्दै छौं । उहाँ स्वयं कर्नल इन चिफ भएकाले गोरखा आर्मीको विषयमा बनेको चलचित्रमा चासो छ,” “आना पनि गोरखा रेजिमेन्टको एक महत्त्वपूर्ण पदमा रहेकाले उहाँको पनि यसमा चासो हुनु स्वाभाविक छ ।” 

बेलायती राजपरिवारसँग सम्बन्ध रहेका अन्य केही कम्पनीसँग पनि उहाँहरूलाई कसरी बोलाउने भन्नेबारे छलफल भइरहेको उनले बताए । 

त्यस्तै सो पत्रकार सम्मेलनमा बोल्दै कलाकार विजय लामाले आफूले अहिलेसम्म काम गरेको चलचित्रमध्ये गोर्खा वारियर सबैभन्दा ठूलो महत्वको चलचित्र भएको बताए ।  ‘गोर्खा वारियर’को रेडकार्पेट प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा सेप्टेम्बर १० प्रिमियर हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित  हुने जानकारी दिएका छन् । उनले भने,

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।   प्रधानमन्त्री

काठमाडौँ, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा चार दिने भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याको

काठमाडौँ, १७ जेठ । महालेखा परीक्षकको कार्यालयले राजनीतिक दलको लेखा परीक्षण गर्न निर्वाचन आयोगमा पाँच जना विशेषज्ञ कर्मचारी पठाउने निर्णय