सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरको काठमाडौँमा भव्य स्वागत

काठमाडौँ, ९ जेठ । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरको काठमाडौँमा भव्य स्वागत गरिएको छ ।

वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका बुढामगरलाई पर्यटनमन्त्री सुदन किरातीले अभिनन्दन समेत गरेका छन् ।

पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुसीका साथ जोडले चिच्याउँदै भनेका थिए, “हामी सफल भयौँ ।”  हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रूपमा रहेका छन् । थापाले ब्रिटिसको स्पेशल एअर सर्भिस (एसएएस)को माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित  हुने जानकारी दिएका छन् । उनले भने,

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।  आज बिहान राष्ट्रपति

काठमाडौँ, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा चार दिने भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याको

काठमाडौँ, १७ जेठ । महालेखा परीक्षकको कार्यालयले राजनीतिक दलको लेखा परीक्षण गर्न निर्वाचन आयोगमा पाँच जना विशेषज्ञ कर्मचारी पठाउने निर्णय