फिल्म पत्रकारितालाई सबैले माया गरौँ : अध्यक्ष तिमल्सिना

काठमाडौंँ, ८ जेठ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले फिल्म र फिल्म पत्रकारितालाई सबैले माया गर्नुपर्ने बताएका छन् ।

आइतबार साँझ चलचित्र पत्रकार संघको २४ औं वार्षिक उत्सवमा प्रमुख अतिथिका रुपमा सहभागी तिमल्सिनाले नेपाली फिल्मलाई विश्वमा नै फरक पहिचान दिलाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरे ।

उनले भने, ‘फिल्ममा कलाकारको अभिनय कस्तो छ, फिल्मले के भन्न खोजेको छ, फिल्म हेर्ने कि नहेर्ने भन्ने धेरै कुरा पत्रकारिताबाट आउने भएकाले यसलाई सबैले माया गर्नुपर्छ’ । नेपाली कलासंस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन फिल्म र फिल्मी पत्रकारिताको महत्वपूर्ण भूमिका रहने उनको धारणा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित  हुने जानकारी दिएका छन् । उनले भने,

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।  आज बिहान राष्ट्रपति

काठमाडौँ, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा चार दिने भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याको

काठमाडौँ, १७ जेठ । महालेखा परीक्षकको कार्यालयले राजनीतिक दलको लेखा परीक्षण गर्न निर्वाचन आयोगमा पाँच जना विशेषज्ञ कर्मचारी पठाउने निर्णय