सन्दीपलाई अदालतले फेरि माग्यो प्रमाण

काठमाडौँ, ७ जेठ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा आज पनि अन्तिम सुनुवाइ सुरु हुन सकेन । तर, लामिछानेका कानुन व्यवसायीले सुरुदेखि नै उठाएको उमेर विवादमा फेरि प्रमाण बुझ्ने आदेश भएको छ । 

न्यायाधीश फडिन्द्रनाथ पराजुलीको इजलासले प्रमाण बुझ्ने आदेश दिएको हो । लामिछाने पक्षले पुर्पक्षको बहसदेखि नै मुद्दाको जाहेरवाली नाबालिग नरहेको दाबी गर्दै आएको छ । उनीहरूले जाहेरवालाको नागरिकताको प्रमाणपत्रमा रहेको जन्ममिति (२०६२ जेठ १८) गलत रहेको जिकिर गरिरहेका छन् ।

लामिछानेका कानुन व्यवसायीले जाहेरवालाको जन्मदर्ता र विद्यालय प्रमाणपत्रहरू पेस गर्दै पीडितको जन्म मिति २०६१ असार १८ गते रहेको दाबी गरेका थिए । जसअनुसार पीडितको उमेर घटना हुँदाको समय (२०७९ भदौ ५) मा १८ वर्ष पुगिसकेको देखिन्छ । जाहेरवालाको पक्षले भने लामिछानेका कानुन व्यवसायीले पेस गरेको जन्म मितिको प्रमाणलाई अस्वीकार गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित  हुने जानकारी दिएका छन् । उनले भने,

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।  आज बिहान राष्ट्रपति

काठमाडौँ, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा चार दिने भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याको

काठमाडौँ, १७ जेठ । महालेखा परीक्षकको कार्यालयले राजनीतिक दलको लेखा परीक्षण गर्न निर्वाचन आयोगमा पाँच जना विशेषज्ञ कर्मचारी पठाउने निर्णय