काठमाडौँ, ७ जेठ । आगामी जेठ १३ गते मुलुकले नयाँ मिस नेपाल प्राप्त गर्नेछ । गत वर्षकै विजेताले विश्वसुन्दरी प्रतियोगितामा भाग लिने मितिबारे टुंगो नलाग्दाको अन्योलबीच नयाँ मिस नेपाल चुनिन लागेको हो ।
यो अन्योलको परिदृश्यबीच द हिडन ट्रेजरले मिस नेपाल-२०२२ की विजेता प्रियंकारानी जोशीलाई नै मिस वर्ल्डमा पठाउने निर्णय गरेको छ ।
आगामी साता नयाँ मिस नेपाल आउने भएपछि विश्वसुन्दरी प्रतियोगितामा कसले भाग लिने भन्नेबारे अन्योल सिर्जना भएको थियो । तर, हिडन ट्रेजर प्रियंकालाई नै मिस वर्ल्डमा पठाउने निर्देशक प्रमोद कंसाकारले जानकारी दिए ।