विश्वकप २०२६ को लोगो सार्वजनिक

काठमाडौँ, ४ जेठ । फुटबल नियामक निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार विश्वकपको लोगो सार्वजनिक गरेका छन् । सन् २०२६ को फिफा विश्वकप आउन अझै तीन वर्ष बाँकी छ ।

५३ वर्षीय इन्फान्तिनोले एक समारोहका बीच लोगो अनावरण गरेका हुन् । कार्यक्रममा विश्वभरका सेलिब्रिटीहरुको उपस्थिति थियो भने केहि रेकर्डेड प्रस्तुतिहरु पनि देखाइएको थियो । ब्राजिलका विश्व विजेता रोनाल्डो नाजारियो दा लिमाले आफ्नो हातमा विश्वकप लिएर मञ्चमा निस्किए र इन्फान्तिनोसँग मिलेर लोगो अनावरण गरे ।

कार्यक्रममा तीन वर्षपछि हुने विश्वकपको फाइनल मितिसमेत घोषणा गरिएको छ । फाइनल खेल सन् १९ जुलाई, सन् २०२६ आइतबार हुनेछ । विश्वकपमा छनोट भएका सबै टिमहरुले आफ्नो टिम घोषणा गर्ने अन्तिम समयसीमा २५ मे, सन् २०२६ हुनेछ । पहिलोपल्ट फिफाले विश्वकपमा ४८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज ।  सरकारले विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानून संशोधनको तयारी गरेको छ। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

भक्तपुर, १४ असोज । सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती चोकमा होण्डा कम्पनीको अत्याधुनिक मोटरसाइकल शोरुम सञ्चालनमा आएको छ ।

काठमाडौँ, १४ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोग गरी भइरहेका ठगी, दुर्व्यवहार (ह्यारेसमेन्ट) र भ्रामक सूचना