लुम्बिनी बाणिज्य क्याम्पसको स्ववियु निर्वाचन हुने

बुटवल, ४ जेठ । रुपन्देहीको दोस्रो ठूलो क्याम्पस बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही जेठ १४ गते हुने भएको छ ।

गत चैत ५ गते निर्वाचन प्रक्रिया सुरु भएपछि सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा ताला लगाएपछि चुनाव हुन सकेको थिएन । चुनाव स्थगित भएपछि क्याम्पसका विद्यार्थीहरुले निर्वाचन प्रक्रिया पुन: सञ्चालन गर्न माग गर्दै अदालतमा रिट निवेदन दिएका थिए । उच्च अदालत तुलसीपुर बुटवल इजलासले वैशाख ११ गतेसम्म स्ववियु निर्वाचनको मिति तोक्न उत्प्रेषणयुक्त आदेश दिएको थियो ।

अदालतको आदेशपछि निर्वाचन समितिले क्याम्पसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार जेठ ११ गते मनोनयन दर्ता र १४ गते मतदान गर्ने गरी तालिका सार्वजनिक गरिएको निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक आह्वान गरेका छन् । उपाध्यक्ष युवराज ज्ञवालीका

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको

काठमाडौँ, १७ जेठ । सार्वजनिक खरिद अनुमगन कार्यालयले २३ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । कालोसूचीमा परेकामा कलेज अफ