लुम्बिनी बाणिज्य क्याम्पसको स्ववियु निर्वाचन हुने

बुटवल, ४ जेठ । रुपन्देहीको दोस्रो ठूलो क्याम्पस बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही जेठ १४ गते हुने भएको छ ।

गत चैत ५ गते निर्वाचन प्रक्रिया सुरु भएपछि सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा ताला लगाएपछि चुनाव हुन सकेको थिएन । चुनाव स्थगित भएपछि क्याम्पसका विद्यार्थीहरुले निर्वाचन प्रक्रिया पुन: सञ्चालन गर्न माग गर्दै अदालतमा रिट निवेदन दिएका थिए । उच्च अदालत तुलसीपुर बुटवल इजलासले वैशाख ११ गतेसम्म स्ववियु निर्वाचनको मिति तोक्न उत्प्रेषणयुक्त आदेश दिएको थियो ।

अदालतको आदेशपछि निर्वाचन समितिले क्याम्पसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार जेठ ११ गते मनोनयन दर्ता र १४ गते मतदान गर्ने गरी तालिका सार्वजनिक गरिएको निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १४ भदौ । नाइजरको राजधानी नियामेस्थित एक सैन्य अखडामा शनिबार सेनाको एक समूहले आफ्नै वरिष्ठ अधिकारीहरूविरुद्ध विद्रोह गर्दै गोलीबारी र शृङ्खलाबद्ध

काठमाडौँ, १३ भदाै । संयुक्त राष्ट्रससङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई कूटनीतिक माध्यमबाट द्वन्द्व अन्त्य गर्न वार्ता पुनः सुरु

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी

काठमाडाैँ, १२ भदौ । अमेरिकाले विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको नेपाललाई सहयोग पठाउने घोषणा गरेको छ।