टेलिकमको आम्दानी ६७ करोडले बढ्यो

काठमाडौँ, ३० बैशाख । चालू आर्थिक वर्षको चैतसम्मको अवधिमा नेपाल टेलिकमको आम्दानी ६७ करोड २९ लाख रुपैयाँले बढेको छ । टेलिकमले दिएको जानकारी अनुसार गत वर्षको यही अवधिको तुलनामा चैत मसान्तसम्मको अवधिमा ६७ करोडभन्दा धेरैले आम्दानी बढेको हो ।

गत वर्षको यही अवधिमा टेलिकमले ३२ अर्ब ५३ करोड ६७ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो । ६७ करोड रुपैयाँले बढेसँगै टेलिकमको आम्दानी ३३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । यस्तै, गत वर्षको तुलनामा टेलिकमको कूल सञ्चालन आएमा भने ८७ करोड २९ लाख रुपैयाँले कमी आएको छ ।

यससँगै, यस अवधिमा टेलिकमको सञ्चालन आय २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँमा आइपुगेको छ । जबकी, गत वर्षको यही अवधिमा २८ अर्ब २१ करोड रुपैयाँ कूल सञ्चालन आय थियो । टेलिकमको आम्दानी बढे पनि नाफामा भने गिरावट आएको छ । ९ महिनाको अवधिमा टेलिकमले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा गरेको छ । जबकी, यो गत वर्षको यही अवधिको तुलनामा २ करोड ३३ लाख रुपैयाँले कम हो । गत वर्षको यो अवधिमा ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ नाफा गरेको थियो ।

यस्तै, यस अवधिमा टेलिकमले ब्याजदरमा आएको वृद्धिका कारण समेत मनग्य नाफा आर्जन गरेको छ । टेलिकमले यसमार्फत हुने आम्दानी १ अर्ब ७३ करोड ९९ लाख रुपैयाँ बढाएको छ । यस्तै,विदेशी विनिमयदरमा आएको वृद्धिका कारण समेत टेलिकमले ५ करोड ४६ लाख रुपैयाँ कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । पछिल्लो २४ घण्टामा थप ३ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या ११ लाख

काठमाडौँ, १७ जेठ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १५ सय

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।   प्रधानमन्त्री

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।  आज बिहान राष्ट्रपति