फोरजी सेवामा नेपाल टेलिकम अग्रस्थानमा

काठमाडौँ, २७ बैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७९ माघको एमआईएस रिपोर्टअनुसार फोरजी प्रयोगकर्ता १ करोड ९२ लाख ३ हजार ७७१ पुगेका छन्।

हाल नेपालमा तीन दूरसञ्चार सेवा प्रदायकले फोरजी सेवा उपलब्ध गराउँदै आइरहेका छन् । फोरजी प्रयोगकर्ताको आधारमा नेपालको सबैभन्दा ठूलो सेवा प्रदायक नेपाल टेलिकम रहेको छ । प्राधिकरणको रिपोर्टअनुसार नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता १ करोड २१ लाख ९७ हजार ३४४ छन् । फोरजी सेवामा नेपाल टेलिकमको बजार हिस्सा ६३.५१ प्रतिशत छ ।

दोस्रो स्थानमा रहेको आजियाटा एनसेलको फोरजी प्रयोग गर्ने ग्राहक ६८ हजार ९९ हजार ३५१ छन्। एनसेलको बजार हिस्सा ३५.९२ प्रतिशत छ । यसैगरी हाल खारेजीमा परेको स्मार्ट टेलिकमको फोरजी ग्राहक १ लाख ७ हजार ७६ छन् । स्मार्ट टेलिकमको फोरजीमा बजार हिस्सा ०.५५ प्रतिशत भएको तथ्यांकमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ