काठमाडौँ, २७ बैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७९ माघको एमआईएस रिपोर्टअनुसार फोरजी प्रयोगकर्ता १ करोड ९२ लाख ३ हजार ७७१ पुगेका छन्।
हाल नेपालमा तीन दूरसञ्चार सेवा प्रदायकले फोरजी सेवा उपलब्ध गराउँदै आइरहेका छन् । फोरजी प्रयोगकर्ताको आधारमा नेपालको सबैभन्दा ठूलो सेवा प्रदायक नेपाल टेलिकम रहेको छ । प्राधिकरणको रिपोर्टअनुसार नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता १ करोड २१ लाख ९७ हजार ३४४ छन् । फोरजी सेवामा नेपाल टेलिकमको बजार हिस्सा ६३.५१ प्रतिशत छ ।
दोस्रो स्थानमा रहेको आजियाटा एनसेलको फोरजी प्रयोग गर्ने ग्राहक ६८ हजार ९९ हजार ३५१ छन्। एनसेलको बजार हिस्सा ३५.९२ प्रतिशत छ । यसैगरी हाल खारेजीमा परेको स्मार्ट टेलिकमको फोरजी ग्राहक १ लाख ७ हजार ७६ छन् । स्मार्ट टेलिकमको फोरजीमा बजार हिस्सा ०.५५ प्रतिशत भएको तथ्यांकमा देखिएको छ ।