सामाजिक विषयको परीक्षा नेपाली भाषामै दिनुपर्ने

काठमाडौँ, २६ बैशाख । कक्षा ९ देखि १२ सम्म सामाजिक अध्ययन विषयको परीक्षामा नेपाली भाषामै उत्तर लेख्नुपर्ने भएको छ ।

कतिपय विद्यालयले सामाजिक अध्ययन विषय अङ्ग्रेजी माध्यममा पढाइ भइरहेकोले नेपाली वा अङ्ग्रेजीमा परीक्षा दिन पाउनुपर्ने भनी विवाद गरिरहेका बेला राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले नेपाली भाषामै उत्तर लेख्नुपर्ने बताएको हो । यसअघि कार्यालयले सुझाव लिनका लागि भन्दै नेपाली/अङ्ग्रेजी दुवै भाषामा नमुना प्रश्नपत्र सार्वजनिक गरेपछि यस विषयमा दुविधा बढेको थियो ।

आज मङ्गलवारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा पनि सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपालीमा नै दिइने कार्यालयले जनाएको छ । यो विषयमा यसअघिकै व्यवस्था कायम भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले बताउनुभयो । उहाँले गएको वर्ष जसरी नेपालीमा मात्रै प्रश्न आएको थियो यस वर्ष पनि त्यस्तै आउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ ।  आज गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको