राज्यको नेतृत्व हत्यारा हो : अध्यक्ष बडाल

काठमाडौँ, २५ बैशाख । नेकपा एमालेको जनवर्गीय संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले वर्तमान राज्यको नेतृत्व हत्यारा भएको भन्दै आक्रोस जनाउनुभएको छ ।

कक्षा ११ र १२ मा सरकारी लगानी शुन्य गराएर शिक्षामा सरकारले व्यापार गरेको भन्दै उहाँले आक्रोस जनाउनुभयो । धादिङ चैनपुर ७ का कक्षा १२ मा अध्ययनरत विद्यार्थी जीतबहादुर बयलकोटीले गरिव भएकै कारण भोलीदेखी सञ्चालन हुने १२ कक्षाको परिक्षामा सामेल हुन नपाउँदा आत्महत्या गरेकाले राज्यको नेतृत्व हत्यारा भएको उहाँले दावी गर्नुभयो । बयलकोटीले पैसा नभएकै कारण प्रिन्सीपलले प्रवेशपत्र नदिएकै कारण आत्महत्या गरेको पारिवारले जनाएको छ ।

सोही प्रशंगमा अध्यक्ष बडालले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘धादिङको चैनपुर ७ का कक्षा १२ मा पढ्ने १९ वर्षिय जित बहादुर बयलकोटीले आत्महत्या गरेका छन । गरिब परिवारबाट रहेका उनी भोलि बाट सुरु हुने १२ को परिक्षाको लागि admit card लिन स्कुल गएका थिए तर स्कुलका principal ले पहिला पैसा लिएर आउ अनि मात्रै admit card दिनेछौं भने पछी उनी साथीहरुकै अगाडी निराश हुँदै घर फर्किएका थिए भने सोही राती उनले आत्माहत्या गरेको उनको परिवारले जनाएको छ । कक्षा ११ र १२ मा सरकारी लगानी शुन्य गराएर शिक्षामा सरकारले ब्यापार गरेको छ । राज्यको नेतृत्व हत्यारा हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६