रोनाल्डो सबैभन्दा धेरै कमाउने खेलाडी

काठमाडौँ, २० बैशाख । साउदी अरबको अल–नासरसँग महंगो रकममा अनुबन्धित भएका क्रिस्टियानो रोनाल्डो विश्वको सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । 

फोर्बसका अनुसार २०२३ मा सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का लियोनल मेसी दोस्रो र काइलियन एमबाप्पे तेस्रो स्थानमा छन् । रोनाल्डो गत वर्ष म्यानचेस्टर युनाइटेड छाडेर सन् २०२५ सम्मको सम्झौतामा साउदी फुटबल क्लबमा अनुबन्ध भएका थिए । पोचुगलका ३८ वर्षे रोनाल्डोले खेलेर झण्डै वार्षिक चार करोड ६० लाख अमेरिकी डलर कमाउने फोर्बसले जनाएको छ । 

फोर्बसका अनुसार उनको मैदान बाहिरको कमाइ ९ करोड रहेको छ । रोनाल्डोको जम्मा कमाइ १३ करोड ६० लाख रहेको छ । दोस्रो स्थानमा रहन सफल अर्जेन्टिनाका कप्तान लियोनल मेसीको कमाइ १३ करोड छ । मेसीले मैदानभित्रबाट ६ करोड ५० लाख र मैदान बाहिरबाट ६ करोड ५० लाख कमाउँछन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज ।  सरकारले विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानून संशोधनको तयारी गरेको छ। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

भक्तपुर, १४ असोज । सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती चोकमा होण्डा कम्पनीको अत्याधुनिक मोटरसाइकल शोरुम सञ्चालनमा आएको छ ।

काठमाडौँ, १४ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोग गरी भइरहेका ठगी, दुर्व्यवहार (ह्यारेसमेन्ट) र भ्रामक सूचना