संस्थागत विद्यालय दबाबमा सामाजिक शिक्षा अंग्रेजीकरण गर्ने तयारी

काठमाडौँ, १९ बैशाख । संस्थागत विद्यालयको दबाबमा सरकारले विद्यालय तहको अनिवार्य सामाजिक अध्ययन विषय अंग्रेजीकरण गर्ने तयारी गरिरहेको छ। यसको गतिलो उदाहरण राष्ट्रिय परीक्षा बोर्ड बनेको छ। यही वैशाख २६ गते सुरु हुने कक्षा १२ को परीक्षाका लागि सामाजिक विषयको नमुना प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा बनाएर आफ्नो वेबसाइटमा राखेपछि सरकारी नियत प्रस्टसँग झल्किएको हो।

उक्त नियतको अहिले चौतर्फी विरोध भइरहेको छ। दुई वर्षअघि मात्र नेपाली भाषा र राष्ट्रियता प्रवद्र्धन गर्न भनेर विज्ञहरूसँगको बृहत् छलफलपछि विद्यालय तहको सामाजिक अध्ययन विषयलाई नेपाली भाषामा पढाउन थालिएको हो। तर, हाल  पाठ्यक्रम विकास केन्द्रले भने परीक्षा बोर्डकै सुझावका आधारमा वैशाख २० गते बस्ने परिषद्को बैठकमा अंग्रेजी भाषामा पनि प्रश्नपत्र सोधिने गरी निर्णय गराउने तयारी गरिरहेको छ।

बोर्डका उपनियन्त्रक कृष्णप्रसाद घिमिरेले गत वर्ष कक्षा १२ को सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपालीमा मात्र सोधिँदा धेरै विद्यार्थीले प्रश्नका भाषा, शब्द र शब्दावली बुझ्न नसकेकाले धेरै विद्यार्थी न्यून ग्रेडमा परेको सुनाए। ‘दुई वर्षअघिदेखि सामाजिक विषयको पठनपाठन कक्षा १२ मा नेपाली भाषा माध्यमबाट भइरहेको छ। प्रश्न पनि नेपालीमै सोधियो। तर धेरै विद्यार्थीले आफूले प्रश्नै नबुझेको भनेर लिखित निवेदनै दिनुभयो,’ उपनियन्त्रक घिमिरेले नागरिकसँग भने, ‘वैशाख १८ गतेबाट वेबसाइटमार्फत सुझाव संकलन गर्ने काम भएको छ। निजी विद्यालय, विदेशी सम्बन्धनमा नेपालमा खुलेका विदेशी स्कुल र तिनका विद्यार्थी तथा अभिभावकले प्रश्न अंग्रेजीमा पनि सोधिनुपर्ने सुझाव दिनुभएको छ।’  यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १४ भदौ । नाइजरको राजधानी नियामेस्थित एक सैन्य अखडामा शनिबार सेनाको एक समूहले आफ्नै वरिष्ठ अधिकारीहरूविरुद्ध विद्रोह गर्दै गोलीबारी र शृङ्खलाबद्ध

काठमाडौँ, १३ भदाै । संयुक्त राष्ट्रससङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई कूटनीतिक माध्यमबाट द्वन्द्व अन्त्य गर्न वार्ता पुनः सुरु

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी

काठमाडाैँ, १२ भदौ । अमेरिकाले विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको नेपाललाई सहयोग पठाउने घोषणा गरेको छ।