एसईईमा परीक्षा दिएका नक्कली परीक्षार्थी धरौटीमा छुटे

विराटनगर, १४ बैशाख । अर्काको नाममा एसईई परीक्षा दिएको आरोपमा पक्राउ परेका सबै परीक्षार्थी छुटेका छन् ।

जिल्ला अदालत मोरङले १८ वर्ष उमेर पुगेका परीक्षार्थीलाई धरौटी र नाबालक परीक्षार्थीलाई अभिभावकको जिम्मा लगाउने आदेश दिएको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इलजासले थुनछेक बहसपछि १८ वर्ष उमेर पुगेका १६० जना परीक्षार्थीलाई जनही ४० हजार रूपैयाँ धरौटीमा पूर्पक्षका लागि छाड्ने आदेश दिएको हो । आदेशपछि १६० जना परीक्षार्थी धरौटी बुझाएर छुटेका छन् ।

३४ जना नाबालक परीक्षार्थीलाई भने अभिभावकको जिम्मा लगाउने आदेश भएको जिल्ला अदालत मोरङले जनाएको छ । नक्कली परीक्षार्थी परिचालन गर्ने इन्स्टिच्युटका सञ्चालक धरानका सन्तोष राईलाई भने अदालतले दुई वटा मुद्दामा एक–एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अर्काको नाममा परीक्षा दिएको आरोपमा मोरङका तीन वटा परीक्षा केन्द्रबाट गत चैत २२ र २३ गते परीक्षर्थी पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६